|  

कैलालीमा तीन वर्षीया बालिकामाथि बलात्कारको आरोपमा १८ वर्षीय किशोर पक्राउ

२४ भदौ, काठमाडौं । कैलालीमा तीन वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले १८ वर्षीय किशोरलाई पक्राउ गरेको छ ।

भजनी नगरपालिका–७ की बालिकामाथि यौन दुर्व्यवहार भएको घटना बाहिरिएपछि प्रहरीले आरोपित किशोरलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो।

आरोपितलाई तीन–चार दिनअघि पक्राउ गरिएको हो। उनीमाथि १९ गतेदेखि लागू हुने गरी सात दिनको म्याद थप गरिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।