२४ भदाै, काठमाडाैं । ललितपुरको सातदोबाटोस्थित पौडी पोखरी परिसरमा निर्माण गरिएको ‘जेनजी स्मृति पार्क’ उद्घाटन गर्न पुगेका गृहमन्त्री सुधन गुरुङ कार्यक्रम नै स्थगित गरेर फर्किएका छन्।
जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको सम्झनामा निर्माण गरिएको पार्क उद्घाटनका लागि गृहमन्त्री गुरुङ बुधबार सातदोबाटो पुगेका थिए। तर, पार्कमा राखिएका शालिक शहीदहरूको वास्तविक अनुहारसँग मेल नखाएको भन्दै परिवारजन तथा आफन्तले आपत्ति जनाएपछि उद्घाटन प्रक्रिया अघि बढ्न सकेन। उद्घाटन समारोहमा सहभागी शहीदका आफन्तहरूले शालिक निर्माणमा लापरबाही भएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। उनीहरूले शालिकमा शहीदहरूको पहिचान झल्किन नसकेको भन्दै पुनःसम्बन्धित पक्षले ध्यान दिनुपर्ने माग गरेका छन्। ‘निर्माण गरिएका सालिक आन्दोलनमा ज्यान गुमाएका शहीदहरूको अनुहारसँग मेल खाँदैनन्। शालिक बनाउन लापरबाही गरिएको छ,’ आफन्तहरूको भनाइ थियो।
सरकारका अनुसार सातदोबाटोस्थित पौडी पोखरी परिसरको करिब दुई रोपनी क्षेत्रफलमा निर्माण गरिएको पार्कमा गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका ४५ जनाको शालिक राखिएको छ। पार्कलाई शहीदहरूको स्मृतिलाई संरक्षण गर्दै राष्ट्रियता र सामूहिक स्मरणसँग जोड्ने उद्देश्यले नयाँ शैलीमा डिजाइन गरिएको सरकारले जनाएको छ। तर, उद्घाटनअघि नै शालिकको स्वरूपलाई लिएर शहीद परिवारबाट प्रश्न उठेपछि पार्कको औपचारिक उद्घाटन अन्योलमा परेको छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar