|  

युएईले नेपाल पठायो थप ३८ टन राहत सामग्री

२४ भदौ, काठमाडौं ।  संयुक्त अरब इमिरेट्स (यूएई)ले बाढी प्रभावित नेपालीका लागि करिब ३८ टन राहत सामग्री नेपाल पठाएको छ ।

मानवीय हवाई सहायता अभियानअन्तर्गत यूएईले राहत सामग्रीसहित चौथो विमान नेपाल पठाएको हो। विमानमा ५०० वटा पाल र १०८ वटा राहत प्याकेज रहेको यूएईले जनाएको छ ।

राहत सामग्रीमा खाद्यान्न, आश्रय, स्वास्थ्य सामग्री तथा अन्य अत्यावश्यक सामान छन्। प्रभावित क्षेत्रमा सहायता छिटो पुर्‍याउन नेपाली अधिकारीहरूसँग समन्वय गरी स्थानीय बजारबाट पनि आवश्यक सामग्री उपलब्ध गराइने तयारी गरिएको