|  

 २४ घण्टामा मुस्ताङको लोमान्थाङमा ७ पटक भूकम्पको धक्का 

२४ भदौ, काठमाडौं । पछिल्दो २४ घण्टामा  मुस्ताङको लोमान्थाङमा ७ पटक भूकम्पको धक्का महसुस भएको छ ।

सदियौँ पुराना माटोका संरचनाले भरिएको माटोको सहर लोमान्थाङका अधिकांश घरहरू चर्किएर बस्नै नमिल्ने अवस्थामा पुगेका छन् ।

गुरुङका अनुसार भूकम्पका कारण गाउँपालिका भित्रका करिब सबैजसो घरहरूमा चिरा परेको छ भने ५० प्रतिशतभन्दा बढी घरहरू तत्काल बस्नै नमिल्ने गरी उच्च जोखिममा परेका छन् ।

क्षतिको यकिन विवरण सङ्कलन गर्न प्राविधिक टोली, नेपाल प्रहरी र सशस्त्र प्रहरी सहितको टोली फिल्डमा खटिएको छ ।