|  

चिलिमेको सुरुङ उद्धारमा सेनाले खोज्यो कुलमानको साथ

२४ भदौ, काठमाडौं । नेपाली सेनाले रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र जारी उद्धार कार्यमा सहयोग गर्न पूर्वऊर्जामन्त्री कुलमान घिसिङलाई बोलाएको छ।

विदेशी विज्ञसहितको टोलीलाई पावर हाउससम्म पुग्न आवश्यक प्राविधिक समन्वय र सुझावका लागि सेनाले घिसिङको सहयोग मागेको हो ।

सेनाको आग्रहपछि घिसिङ चिलिमे जलविद्युत् आयोजनाको सवारीसाधनमा त्यसतर्फ गएको उनको सचिवालयले जनाएको छ।

भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीपछि रसुवा र नुवाकोटका प्रभावित जलविद्युत् आयोजनामा उद्धार तथा खोजी कार्य जारी छ।