२४ भदाै, काठमाडौं । नेपाली कांग्रेसले प्राकृतिक विपत्तिपछि जारी खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा कांग्रेसकी प्रमुख सचेतक बासना थापाले संकटको अवस्थामा राज्यको उपस्थिति प्रभावकारी रूपमा देखिनुपर्ने बताउँदै आवश्यक जनशक्ति, आधुनिक प्रविधि र उद्धार उपकरण तत्काल परिचालन गर्न सरकारसँग आग्रह गरिन्। थापाले सरकारको प्राथमिकता सत्ता जोगाउनु नभई नागरिकको जीवन रक्षा हुनुपर्ने धारणा राखिन्। विपत्तिको समयमा राज्यले नागरिकलाई भरोसा दिलाउने गरी आफ्नो उपस्थिति मजबुत बनाउनुपर्ने उनको भनाइ थियो।रसुवामा विनाशकारी बाढी आएको दुई साताभन्दा बढी समय बितिसक्दा पनि खोज तथा उद्धार कार्यले अपेक्षित गति लिन नसकेको उनले बताइन्। उनका अनुसार यो सामान्य प्राकृतिक विपत्ति मात्र नभई सयौँ परिवारको जीवनसँग प्रत्यक्ष जोडिएको गम्भीर राष्ट्रिय संकट हो। रसुवा घटनापछि दैलेखसहित कर्णाली क्षेत्रका विभिन्न स्थानमा अझै धेरै नागरिक सम्पर्कविहीन रहेको उल्लेख गर्दै थापाले उनीहरूको वास्तविक अवस्था तत्काल सार्वजनिक गर्न माग गरिन्।
सम्पर्कविहीन नागरिकको विवरण अद्यावधिक गरी परिवारजनलाई सही र विश्वसनीय सूचना उपलब्ध गराउनुपर्नेमा उनले जोड दिइन्। विपत्तिबाट प्रभावित नागरिकको उद्धार, खोजी तथा राहतमा कुनै ढिलाइ नगर्न पनि कांग्रेसले सरकारलाई आग्रह गरेको छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar