२४ भदाै, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको तत्काल व्यवस्थापनसँगै सडक तथा यातायात सञ्चालन र पुनर्निर्माणका कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन्।
बुधबार शीतल निवासमा परराष्ट्रमन्त्री शिशिर खनाल र पूर्वाधार विकासमन्त्री सुनील लम्सालसँग छुट्टाछुट्टै छलफल गर्दै राष्ट्रपति पौडेलले बाढी प्रभावितको बसोबास, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र यातायात सहज बनाउन तत्काल आवश्यक कदम चाल्न आग्रह गरेका हुन्। भौगोलिक विकटताका कारण सडक सञ्चालनमा कठिनाइ भए ठूला बेलिब्रिजलगायत पूर्वाधार निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने उनको सुझाव थियो। जलवायु परिवर्तनका कारण नेपालले व्यहोरेको क्षतिको क्षतिपूर्तिका लागि पनि प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय तहमा प्रभावकारी रूपमा आवाज उठाउनुपर्ने पौडेलले बताए। बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनका क्रममा आफूले पीडितको अवस्था र क्षति प्रत्यक्ष देखेको उल्लेख गर्दै उनले पुनर्निर्माणलाई अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाअनुसार अघि बढाउनुपर्नेमा जोड दिए।
छलफलका क्रममा मन्त्रीद्वयले दसैंअघि सडक यातायात पूर्ववत् सञ्चालन गर्ने लक्ष्यसहित काम भइरहेको जानकारी दिए। बाढीपीडितको अस्थायी बसोबासका लागि क्याप्सुल होम निर्माण, वैकल्पिक सडक तथा ठूला बेलिब्रिज निर्माणको तयारी तीव्र पारिएको उनीहरूले राष्ट्रपतिलाई जानकारी गराएका थिए।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar