|  

ग्यास नपाएको विरोधमा अनेरास्ववियु क्रान्तिकारीले सडकमै खाना पकाए

२५ भदौ, काठमाडौं । खाना पकाउने ग्यासको अभाव भएको भन्दै अनेरास्ववियु क्रान्तिकारीले सरकारको विरोधमा सडकमै खाना पकाएर प्रदर्शन गरेको छ ।

उनीहरूले काठमाडौंस्थित आरआर क्याम्पस अगाडि इँटा राखेर चुलो बनाउनुका साथै दाउरा बालेर खाना पकाएका थिए ।