|  

तोलामा ३ हजार ४ सय रुपैयाँले बढ्यो सुन, आज कतिमा हुँदैछ कारोबार ? 

२५ भदौ, काठमाडौं । साताको कारोबारको पाचौं दिन आज (बिहीबार) सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुन तोलामा ३ हजार ४ सय रुपैयाँले बढेको हो ।

जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता आज चाँदी पनि  तोलामा १०५ रुपैयाँले बढेर प्रतितोला  ४ हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको छ ।