२५ भदौ, काठमाडौं । ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा पुगेको छ ।
मलेशियाको क्वालालम्पुरमा आज भएको सेमिफाइनलमा नेपालले ओमानलाई ८७ रनले हरायो । नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमानले २८ ओभर १ बलमा ६० रन बनाउँदा सबै विकेट गुमायो ।
ओमानका जतिन्दर सिंहले २५, जितेन रामानन्दीले १३ रन बनाए । नेपालका कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले ३र३ तथा ललित राजवंशी र रोहितकुमार पौडेलले २र२ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको नेपाल ४५ ओभर ४ बलमा १४७ रन बनाउँदा अलआउट भयो । नेपालका दीपेन्द्रसिंह ऐरीले ५१, बसिर अहमदले ४७, देव खनालले १३, मोहम्मद आसिफले ११ रन बनाए । ओमानका जय विराम ओडेडरा र हसनैन शाहले ३र३ विकेट लिए ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar