|  

सीटीईभीटी सम्पूर्ण तहको परीक्षा तथा तालिम स्थगित 

१४, बैशाख काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद सीटीईभीटीले सम्पूर्ण तहको परीक्षा तथा तालिम स्थगित गरेको छ ।

विश्वभरी फैलिदै गईरहेको नयाँ भेरियन्टको कोभिड १९ महामारी नेपालमा समेत फैलिएको हुँदा हाल सञ्चालन भईरहेको सबै परिक्षा रोकिएको हो । 

राष्ट्रिय सीप परीक्षण समिति, प्राविधिक प्रशिक्षण प्रतिष्ठान लगायत देशभर हाल संचालन भईरहेका सैद्धान्तिक एवं प्रयोगात्मक परीक्षा र छोटो अवधिका तालीम कार्यक्रमहरु अर्को सूचना जारी नभएसम्मको लागि स्थगित सीटीईभीटीले आज एक सूचना जारी गरी जानकारी दिएको छ ।