|  

उद्योगमन्त्री गौरी यादवले दिइन् राजीनामा

२५ भदाै, काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले पदबाट राजीनामा दिएकी छिन्।

मन्त्री यादवको सचिवालयका अनुसार उनले बिहीबार प्रधानमन्त्री वालेन शाहसमक्ष राजीनामा बुझाएकी हुन्। पछिल्लो समय ग्यासको आपूर्ति सहज बनाउन नसकेको भन्दै मन्त्री यादवको आलोचना हुँदै आएको थियो। बजारमा ग्यास अभाव देखिएपछि उनको कार्यसम्पादनमाथि समेत प्रश्न उठ्न थालेको थियो।

यसैबीच, बुधबार संसद्को उद्योग समितिको बैठकमा मन्त्री यादवले ग्यास आपूर्ति सहज बनाउन उद्योगीहरूलाई ‘पाता फर्काउनुपर्ने’ अभिव्यक्ति दिएकी थिइन्। उनको उक्त अभिव्यक्तिलाई विवादास्पद भन्दै आलोचना गरिएको थियो। ग्यास आपूर्तिको समस्या समाधान गर्न नसकेको र विवादास्पद अभिव्यक्ति दिएको विषयमा आलोचना चुलिएपछि मन्त्री यादवले पदबाट राजीनामा दिएकी हुन्।