२५ भदाै, काठमाडाैं । प्रतिनिधिसभा सांसदहरुले अस्पतालको बिल तिर्न नसकेर अस्पतालबाहिर सुत्केरी हुनुपर्ने अवस्था आउनु लज्जास्पद भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
बिहीवार बसेको बैठकमा सांसदहरुले सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका लागि पुगेकी एक सुत्केरी महिलाले आर्थिक अभावको कारण अस्पताल बाहिर सुत्केरी हुनु परेको बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र कर्णले राजविराज नगरपालिका-१४ परसाही टोलकी बबिता पासवानले प्रसव पीडाका क्रममा अस्पतालबाहिरै बच्चा जन्माउनुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
सांसद कर्णका अनुसार अस्पताल प्रशासनले ३ हजार २ सय रुपैयाँको बिल तिर्न भनेपनि पासवानसँग २ हजार ५ सय रुपैयाँ मात्र रहेको जानकारी गराएपछि उपचारमा आनाकानी गरिएको हो । ७ सय रुपैयाँ अपुग भएपछि अस्पतालले उपचार नगरेको कारण अस्पतालको गेटबाहिरै शिशु जन्मिएको कर्णले बताए । उनले गजेन्द्र नारायण सिंह अस्पताल सप्तरीका गरिब, विपन्न तथा निम्न आय भएका नागरिकका लागि उपचारको प्रमुख केन्द्र भएपनि आर्थिक अभावकै कारण सुत्केरीले अस्पतालबाहिर बच्चा जन्माउनुपर्ने अवस्था आउनु आपत्तिजनक भएको बताए । उनले घटनाको सत्यतथ्य छानविन गरि दोषिलाई कारबाही गर्न माग गरे । उनले भने,‘गजेन्द्र नारायण सिंह अस्पताल सप्तरीका गरिब, विपन्न, असहाय तथा निम्न आय भएका नागरिकका लागि स्वास्थ्य उपचारको भरोसाको केन्द्र हो तर यही अस्पताल आर्थिक अभावका कारण एक गर्भवती महिलाले अस्पतालको गेट बाहिर सडकमै शिशु जन्माउनु परेको हो । यसले हाम्रो स्वास्थ्य प्रणालीमा के कस्तो कमजोरीहरू छ, स्वास्थ्य प्रणालीका कारणले सप्तरीका गरिब, पीडित, दलित महिलाहरूको अवस्था के कस्तो छ, यसले चित्रण गरेको छ । एउटा महिला पैसाको अभावका कारणले अस्पताल बाहिर आफ्ना बच्चा जन्माउनु परेको छ । हामी स्वास्थ्यमा ठुला ठुला कुरा गरेर बसिरहेका छौं ।’
रास्वपा कै सांसद अंकिता ठाकुरले पनि घटनाबारे सरकारको ध्यानाकर्षण गराउँदै आर्थिक अवस्था कमजोर भएकै कारण बिरामीले उपचारबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य गर्न माग गरे । नेपालको संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको हक सुनिश्चित गरेको उल्लेख गर्दै उनले आर्थिक अभावका कारण सुत्केरीले अस्पतालबाहिर बच्चा जन्माउनुपर्ने घटना गम्भीर विषय भएको बताए । उनले घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न तथा दोषी देखिए कडा कारबाही गर्न सरकारसँग माग गरे । उनले भने,‘जहाँ पैसाले साँस र आस तय गर्छ, त्यहाँ अस्पताल अस्पताल रहँदैन सौदाबाजीको पसल बन्छ । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको जहाँका गरिब र विपन्न जनताले अस्पताललाई मन्दिर र डाक्टरलाई भगवान् सम्झन्थे । तर मङ्गलबार राति २ बजे त्यही मन्दिरबाट मानवतालाई सडकमा हुत्याइयो । प्रसव पीडाले छटपटाइरहेकी राजविराज नगरपालिका वडा नम्बर १४ कि असहाय गर्भवती महिला बबिता कुमारी पासवान अस्पताल पुग्छिन् तर त्यहाँ उपचार होइन पहिले पैसाको मोलमोलाइ हुन्छ । पैसा छैन भन्दा ती आमाको पीडा कसैले देखेनन् । मध्यराति २ बजे चिसो र धुलाम्य सडकमा उनलाई निकालियो र ती आमाले अस्पतालको गेट बाहिर रोडमै बच्चा जन्माउन बाध्य हुनुप¥यो । नेपालको संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवाको ग्यारेन्टी गरेको छ तर राजविराजको सडकमा संविधान रोइरहेको थियो, लोकतन्त्र लजाइरहेको थियो । के पैसा नहुने गरिबले यो देशमा आमा बन्ने र बच्चा जन्माउने अधिकार पनि गुमाइसकेका हुन् ?’
सांसदहरुले राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भएको घटनाको सत्यतथ्य छानविन गरि दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar