२५ भदाै,काठमाडाैं । नेपाली काँग्रेसका सांसद सुनिलबहादुर थापाले मनसुनसँगै हिमाल र हिमनदि समेतलाई जोडर प्रभावकारी विपद् पूर्वसूचना प्रणाली विकास गर्न आवश्यक रहेको बताउनुभएको छ ।
राष्ट्रिय सभाको बिहीवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले रसुवाको भोटेकोशीमा आएको बाढीको क्षतिले नेपालको पूर्वसूचना प्रणाली, उद्धार क्षमाता र पूर्वाधार निर्माणको मोडलमाथि नै प्रश्न खडा गरेको पनि बताउनुभयो । उहाँले विपद्का कारण परिवारजन गुमाउने, बेपत्ता हुने तथा कठिन अवस्थामा जीवन बिताउन बाध्य नागरिकको संख्या ठूलो रहेको रहेको भन्दै उनीहरुको आधारभूत आवश्यकता सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्ने समेत बताउनुभयो । उहाँले रसुवा बाढीको कारण मुलुकको अर्थतन्त्रमा समेत गम्भीर असर परेको कारण अन्तर्राष्ट्रिय सहयोगको लागि पनि अपिल गर्नुभयो । सांसद थापाले विपद्बाट विस्थापित नागरिक र परिवारको पक्षमा राज्यले तत्काल दृढतापूर्वक उभिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘आज नेपालको पूर्वाधार, विपद् पूर्वाधार, पूर्वसूचना, उद्धार क्षमाता र पुनःनिर्माण प्रणालीमाथि पनि ठूलो प्रश्न उठेको छ । अब हामीले वर्षा मात्र होइन हिमाल र हिमनदिलाई समेत जोडेर पूर्वसूचना प्रणाली विकास गर्नुपर्ने आवश्यकता रहेको छ । परिवारले आफ्ना परिवारजन गुमाएका छन् । हजारौँ बेपत्ता छन् । कतिपयको जीवन कठिन अवस्थामा छन् । घर, सडक, पुल, विद्यालय, स्वास्थ्य संस्था खानेपानीमा भएको क्षतिले मुलुकको अर्थतन्त्रमा ठूलो क्षति पुर्याएको छ । यस सदनले सर्वप्रथम विपत्तीबाट विस्थापित नागरिक र परिवारको पक्षमा दृढतापूर्वक उभिनुपर्छ । तत्कालीक प्राथमिकतामा राहत, उद्धार, सुरक्षित आवास, खाद्यान्न, खानेपानी र स्वास्थ्य सेवाको व्यवस्था गर्नुपर्छ ।’
बाढीपीडित नागरिकलाई तत्काल राहत तथा उद्धारसँगै सुरक्षित आवास, खाद्यान्न, खानेपानी र स्वास्थ्य सेवाको व्यवस्था सरकारको प्राथमिकतामा हुनुपर्ने समेत बताउनुभयो ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar