२५ भदाै,काठमाडाैं । नेकपा एमालेका सांसद गुरु प्रसाद बरालले जेनजी आन्दोलनका क्रममा भएका तोडफोड, आगजनी, हिंसा र मृत्युका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ ।
प्रतिनिधिसभाको बैठकमा सांसद बरालले शान्तिपूर्ण आन्दोलनलाई योजनाबद्ध रूपमा हिंसात्मक बनाइएको दाबी गर्दै छानविन गरी दोषिलाई कारबाही गर्न माग गर्नुभएको हो । उहाँले उक्त घटनाको निपष्क्ष छानविन गरि दोषिलाई कारबाही गर्न सरकारलाई निर्देशन दिन सभामुखसंग आग्रह गर्नुभयो । सरकारी तथा सार्वजनिक संरचना, न्यायालय, सुरक्षा निकाय, राजनीतिक दलका कार्यालय तथा निजी व्यवसायिक प्रतिष्ठानमा भएको आगजनी र तोडफोडका सन्र्दभमा गम्भीर छानबिन आवश्यक रहेको उहाँको भनाई छ । उहाँले संसद भवनमा आगजनी कसले र किन ग¥यो भन्ने विषयमा दोषी पहिचान गर्नुपर्ने बताउनुभयो । शीतल निवास, सिंहदरबार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयलगायतका सरकारी संरचनामा भएको क्षतिको पनि छानबिन हुनुपर्ने उहाँको भनाई छ । सर्वोच्च अदालतसहित विभिन्न अदालतका भवन, नागरिकका अभिलेख तथा प्रमाण नष्ट गर्ने काम गरिएको उहाँको भनाई छ । उहाँले सबै घटनामा निष्पक्ष छानविन गरि कारबाही गर्नपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार राष्ट्रिय मानव अधिकार आयोगले घटनालाई पूर्वयोजनाअनुसार संगठित रूपमा गरिएको आपराधिक कार्यका रूपमा उल्लेख गरेको छ । उहाँले यस्ता गम्भिर घटनालाई यत्तिकै दबाउन नमिल्ने बताउनुभयो । भदौ २३ र २४ का घटनाको छानबिन, दोषीमाथि कारबाही र राष्ट्रिय क्षतिको परिपूरणका लागि प्रतिनिधिसभा सक्रिय हुनुपर्ने उहाँले बताउनुभयो । यस विषयमा सरकारलाई आवश्यक निर्देशन दिन पनि उहाँले सभामुखसँग माग गर्नुभयो । उहाँले भन्नुभयो, ‘युवा विद्यार्थीहरुको शान्तिपूर्ण आन्दोलन गर्ने अधिकारलाई उपद्रवकारीहरुले योजनाबद्ध रुपबाट अपहरण गरी तोडफोड, आगजनी, हिंसा र मृत्युमा रुपान्तरित भएको घटनाले कानूनी राज्यमा, कानूनी कसीमा कहिले र कसरी कसलाई उतारिन्छ सभामुख महोदय ? प्रतिनिधि सभाको भवन, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको के दोष थियो ? किन र कसले आगजनी ग¥यो ? यसको दोषीको किटान कसले गर्ने ? राज्यको जिम्मेवारी यो दोषी किटान गर्ने प्रक्रियामा हुन्छ, यो प्रक्रियामा अगाडि कसरी बढ्छ ? नेपालको ऐतिहासिक धरोहर शीतल निवास, सिंहदरबार र हजारौँ अभिलेखहरुको केन्द्र प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र जनस्वास्थ्यको सरोकार रहेको धरोहर स्वास्थ्य मन्त्रालय कसले र किन आगजनी गरायो ? यो प्रक्रियामा हामीले गम्भीर भएर यो सदनले सोच्नुपर्ने रहेको छ । सर्वोच्च अदालत लगायत देशका विभिन्न अदालतहरुका भवनहरु र न्यायको याचना गरिरहेका नागरिकहरुका सम्पूर्ण अभिलेखहरु र प्रमाणहरु किन र कसले जलायो ? यसको निरुपित यो संसदले गर्नुपर्नेहुन्छ । त्यति मात्रै होइन देशका जेलहरुमाथि किन हमला गरियो ? किन कैदीबन्दीहरुलाई भगाइयो ? भाटभटेनी सहित निजी व्यवसायिक प्रतिष्ठानहरु, होटलहरु, बैंकहरु किन लुटपाट गरियो अनि आगजनी गरियो ? यसले देशको कानूनी राज्यमा प्रश्न उठाएको छ । यस्तैगरी राजनीतिक दलहरुका केन्द्रीय कार्यालयहरु, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरु, राजनेताहरुका निजी भवनहरु माथि किन आक्रमण गरियो ? किन लुटपाट गरियो र किन विध्वंस गरियो सभामुख महोदय ? यसको न्यायिक निरुपण कसले गर्ने ? आज राष्ट्रसेवक प्रहरीहरु नेपाल प्रहरी माथि किन हमला भयो ? हतियार कसले लुट्यो ? हजारौँ सरकारी सवारी साधनहरु र निजी सवारी साधनहरुलाई अग्निकुण्डमा कसले हाल्यो ? यस कुराको पनि निरुपित हुनु आजको आवश्यकता छ । राष्ट्रिय मानव अधिकार भन्छ पूर्व योजना अनुसार सङ्गठित रुपमा गरिएको आपराधिक कार्यको संज्ञा यो घटनालाई दिएको छ । गौरीबहादुर कार्कीको ८९८ पृष्ठको प्रतिवेदन पनि सरकारसँग छ । यस्तो गम्भीर अवस्थामा हामीले अहिले सभामुख महोदय, के यी घटनाहरु कानूनी रुपमा निरुपित हुने घटनाहरु होइनन ? के यी घटनाहरु यसै हराउन सक्छन ? यसै बिलाउन सक्छन् अथवा दबाउन सकिन्छ सभामुख महोदय ? यी घटनाहरुको छानबिन गरी दोषीलाई कारवाही गरी अपूरणीय राष्ट्रिय क्षति परिपूरण गर्ने काममा यो सभा सक्रिय हुनु जरुरी छ । सभामुखले यस विषयमा सरकारलाई निर्देशन गर्नु जरुरी छ ।’
सांसद बरालले भोटेकोशी नदीमा आएको बाढीबाट भएको क्षतिको राहत, उद्धार तथा दीर्घकालीन समाधानका लागि उच्चस्तरीय सर्वदलीय संसदीय समिति गठन गर्न माग गर्नुभयो ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar