|  

ग्यास कालोबजारी गर्ने दुई जना पक्राउ

२६ भदौ, काठमाडौं । भक्तपुरमा खाना पकाउने एलपी ग्यास कालोबजारी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

सूर्यविनायक–३ ब्रह्मनगरस्थित सर्लाही जनरल स्टोरका सञ्चालक २५ वर्षीय उमेश शाहलाई प्रतिसिलिन्डर रु २,८०० मा ग्यास बिक्री गरेको सूचनाका आधारमा पक्राउ गरिएको हो।

भक्तपुर नगरपालिका–२ इटाछेबाट पनि अर्का एक जना पक्राउ परेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।