|  

चितवनको भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृ#त्यु

२६ भदौ, काठमाडौं ।  चितवनको भरतपुर महानगरपालिका–९ बसन्तचोक नजिकै शुक्रबार बिहान एक ईभी कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ।

पूर्व–पश्चिम राजमार्गको सर्भिस लेनमा गुडिरहेको बागमती प्रदेश ०१–०३० च ५५७९ नम्बरको कारमा आगलागी भएको हो।

दमकलले आगो नियन्त्रणमा लिएपछि कारभित्र एक जनाको शव फेला परेको प्रहरीले जनाएको छ। मृतकको परिचय खुल्न सकेको छैन।