|  

घट्यो सुनको मूल्य, कति पुग्यो तोलामा ? 

२६ भदौ, काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज (शुक्रबार) सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा  ४ हजार ८ सय रुपैयाँले घटेको हो ।

जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा २ सय ५५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।