२६ भदौ, काठमाडौं । धादिङको गजुरी गाउँपालिका–६ जहरेखेत पुलनजिकै बस र ट्रक एकआपसमा ठोक्किँदा चार जना घाइते भएका छन् ।
शुक्रबार बिहान करिब १०ः३० बजे पृथ्वी राजमार्गअन्तर्गत काठमाडौँबाट धादिङबेँसीतर्फ आउँदै गरेको बा ४ ख ८६६७ नम्बरको यात्रुवाहक बस र विपरीत दिशाबाट जाँदै गरेको ना ५ ख ७४१४ नम्बरको ट्रक आपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा धादिङको ज्वालामुखी गाउँपालिका–२ की ८० वर्षीया दिवाकुमारी दानी र ५० वर्षीया धनकुमारी केसी घाइते भएका छन् । मध्यम अवस्थामा रहेका उनीहरूलाई थप उपचारका लागि काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टर रिफर गरिएको प्रहरीले जनाएको छ ।
यस्तै, बसका सहचालक गल्छी गाउँपालिका–१ का १७ वर्षीय रामचन्द्र परियारको बायाँ आँखामा चोट लागेको छ भने बस चालक नुवाकोटको विदुर नगरपालिका–७ का ३३ वर्षीय समियाल तामाङको दुवै खुट्टा र कम्मरमा चोट लागेको छ। उनीहरू दुवैको धादिङ अस्पताल आदमघाटमा उपचार भइरहेको छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar