|  

नरेफाँट र सामाखुसीबाट ३७२ सिलिन्डर ग्यास बरामद, दुई जना पक्राउ

२६ भदौ, काठमाडौं । प्रहरीले काठमाडौँको नरेफाँट र सामाखुसीबाट खाना पकाउने एलपी ग्यास बरामद गरेको छ ।

काठमाडौँ–३२ स्थित नरेफाँटबाट १८३ थान र सामाखुसीबाट १८९ थान सिलिन्डर बरामद गरिएको हो । ग्यास कालोबजारी गरेको आरोपमा नरेफाँट स्थित रामेछाप ब्राण्ड ग्यास डिलरका सञ्चालक नारायण श्रेष्ठ र बसुन्धारास्थित हाम्रो सगरमाथा सहकारी संस्थामार्फत ग्यास कारोबार गर्ने प्रदीप घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ । घिमिरेले २ हजार ६ सय ग्यास बेच्ने गरेको भेटिएको छ ।

नरेफाँटको ग्यास डिलर सञ्चालकलले स्टक राखेर अभाव देखाउँदै साँखु र चक्रपथमा लगेर धेरै मूल्यमा ग्यास बेच्ने गरेको प्रहरीले जनाएको छ ।