|  

‘ग्रीन आर्मी’विरुद्ध सर्वोच्चमा रिट दायर

२७ भदौ, काठमाडौं । रसुवाको भोटेकोसी क्षेत्रमा आएको बाढी तथा विपद्का क्रममा नेपाली सेनासँग मिल्दोजुल्दो पोसाक, दर्जा र चिह्न प्रयोग गरी उद्धार तथा राहतमा खटिएको ‘ग्रीन आर्मी नेपाल’विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ।

अधिवक्ताहरू साम्बराज अर्याल, पूर्णबहादुर साउद, गोविन्दराम परियार र विष्णुवर सिंह थापाले शुक्रबार रिट दायर गरेका हुन्। रिटको पहिलो पेसी आगामी सोमबार तोकिएको छ।