|  

ड्रोन हमलापछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन

२७ भदौ, काठमाडौं ।  साउदी अरबले ड्रोन हमलापछि आफ्नो महत्वपूर्ण इस्ट–वेस्ट तेल पाइपलाइन अस्थायी रूपमा बन्द गरेको छ ।

साउदी अधिकारीका अनुसार ड्रोन हमलामा केही व्यक्ति घाइते भएका छन् भने पाइपलाइनमा समेत क्षति पुगेको छ । साउदी प्रेस एजेन्सी (एसपीए)ले ऊर्जा मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै १० सेप्टेम्बरको बिहान इस्ट–वेस्ट पाइपलाइनमा पटक–पटक ड्रोन हमला भएको जनाएको छ ।

त्यसपछि थप क्षति रोक्न र सुरक्षाका लागि पाइपलाइन अस्थायी रूपमा बन्द गरिएको हो । साउदी विदेश मन्त्रालयका अनुसार हमलामा मानवीय क्षतिसँगै अन्य क्षतिसमेत भएको छ । क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनःस्थापनाको काम भइरहेको मन्त्रालयले जनाएको छ।