|  

एमाले पार्टी पुनर्गठन कार्यदलको बैठक आज पनि बस्ने

२७ भदौ, काठमाडौं । एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आज पनि बस्ने भएको छ ।

बैठकमा कार्यदलको प्रतिवेदनमाथि छलफल हुनेछ । कार्यदल बैठक संयोजक एवं उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा शुक्रबार पार्टी कार्यालय च्यासलमा सुरु भएको थियो ।

बैठकमा संयोजक थापा र सदस्यसचिव शङ्कर पोखरेलका दुवै प्रतिवेदन पेस भएका थिए ।

बैठकमा दुवै प्रतिवेदनको अध्ययन गरी पुनः अर्को बैठक बसेर एउटै प्रतिवेदन तयार गर्नेबारे छलफल भएको बताइएको छ ।