|  

ब्रिक्स सम्मेलनमा १० वर्षपछि मोदी–पुटिन–जिनपिङ एकसाथ

२७ भदौ, काठमाडौं । ब्रिक्स शिखर सम्मेलन शनिबारदेखि भारतको नयाँदिल्लीमा सुरु हुँदैछ ।

भारतमा आयोजना हुने सम्मेलनमा १० वर्षपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङ एकसाथ सहभागी हुँदैछन् ।

तीनै नेता यसअघि सन् २०१६ मा गोवामा भएको ब्रिक्स शिखर सम्मेलनमा एकसाथ सहभागी भएका थिए ।

शिखर सम्मेलनमा ब्रिक्सका ११ सदस्य राष्ट्रका साथै १० साझेदार राष्ट्रका नेताहरू सहभागी हुनेछन् ।