|  

माथिल्लो त्रिशूली-१ मा ७ जनाको शव भेटियो

२७ भदौ, काठमाडौं । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा सात जनाको शव भेटिएको छ ।

सुरुङ तथा हेडवक्समा हराइरहेकाहरूको खोजी गर्ने क्रममा शुक्रबार त्यहाँ सात जनाको शव भेटिएको को स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले जनाएको छ।

भदौ १० को बाढीपछि २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ मा धेरै मानिसहरु हराइरहेका छन्।