२७ भदौ, काठमाडौं । इलामको फाकफोकथुम गाउँपालिका–६ हाङ्मासुलीमा अटो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा २७ वर्षीया कविता श्रेष्ठ र उनकी करिब ८ वर्षीया छोरी सुस्मिता श्रेष्ठ रहेकी छन् । उनीहरूको उपचारका क्रममा झापाको बी एन्ड सी अस्पतालमा मृत्यु भएको हो ।
शुक्रबार साँझ पोखरी–कमेरे भित्री कच्ची सडकखण्डमा मधेश प्रदेश ०३–००३ ह ६९६७ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब दुई मिटर तल खसेर आगलागी भएको थियो । दुर्घटनामा अटो चालकसहित छ जना घाइते भएका थिए ।
घाइतेमध्ये सुस्मिता श्रेष्ठको शुक्रबार साँझ ८ः१५ बजे र उनकी आमा कविताको शनिबार बिहान ६ बजे सोही अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते अटो चालक फाकफोकथुम–६ पोखरी बजारका करिब ३५ वर्षीय लोकबहादुर श्रेष्ठसहित अन्य तीन जनाको उपचार भइरहेको छ ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar