|  

भोटेकोशी बाढी पीडित ७ हजार ५ सय ७० परिवारलाई मासिक १५ हजारका दरले राहत दिने

२७ भदौ, काठमाडौं ।  भदौ १० को भोटेकोशी बाढी प्रभावितलाई सरकारले मासिक १५ हजार रुपैयाँ राहत दिने भएको छ ।

रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका ७ हजार ५७० निजी घर प्रभावित भएकाले मन्त्रिपरिषद्ले आर्थिक सहायता दिने निर्णय गरेको हो ।

चार जनासम्मको परिवारले १५ हजार र चार जनाभन्दा बढी भए थप २ हजार रुपैयाँ पाउनेछन्।