२७ भदाै, काठमाडाैं । नेपालले युएईलाई ४४ रनले पराजित गर्दै एसीसी प्रिमियर कपको उपाधि जितेको छ।
मलेसियाको क्वालालम्पुरस्थित वायुमस क्रिकेट ओभलमा भएको फाइनलमा नेपालले प्रस्तुत गरेको ३१४ रनको लक्ष्य पछ्याएको युएई ४९.१ ओभरमा २६९ रनमै अलआउट भयो। यो जितसँगै नेपालले दोस्रोपटक एसिया कपमा स्थान सुरक्षित गरेको छ। टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३१३ रनको बलियो योगफल तयार पारेको थियो। नेपालका लागि ओपनर आसिफ शेखले उत्कृष्ट शतकीय पारी खेल्दै टोलीको जितको आधार तयार गरे।आसिफले १०६ बलमा ८ चौका र ४ छक्काको मद्दतले १०२ रन बनाए। उनले अर्का ओपनर अर्जुन कुमालसँग पहिलो विकेटका लागि ९७ रनको साझेदारी गर्दै नेपाललाई आक्रामक सुरुवात दिलाएका थिए। अर्जुन ४३ रन बनाएर रनआउट भए।
वान डाउनमा आएका इशान पाण्डेले १३ रन बनाए भने कप्तान रोहित पौडेलले ४० रनको योगदान दिए। गुल्सन झाले ३८ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ५२ रनको महत्वपूर्ण अर्धशतक बनाए।दीपेन्द्रसिंह ऐरीले १८ रन जोड्दा सन्दीप जोराले भने ठूलो योगदान दिन सकेनन्। करण केसी पनि सस्तैमा आउट भए। कप्तान सन्दीप लामिछाने डकआउट भए भने वसिर अहमद १५ र ललित राजवंशी १ रनमा अविजित रहे। युएईका लागि इब्रार अहमदले सर्वाधिक ४ विकेट लिए। खुजाइमा बिन तान्भिरले २ तथा हैदर अली र अदिब उस्मानीले समान १ विकेट लिए।
३१४ रनको लक्ष्य पछ्याएको युएईका लागि राहुल चोपडाले शानदार शतक प्रहार गरे पनि टोलीलाई जित दिलाउन सकेनन्। उनले १०५ बलमा ३ चौका र ४ छक्कासहित अविजित १०० रन बनाए। ओपनर तानीश सुरीले ४२ रन तथा कप्तान हरप्रित सिंहले ३३ रन जोडे। सोहीब खानले ५२ रन बनाए भने खुजाइमा बिन तान्भिरले १५ रनको योगदान दिए। तर नेपाली बलरहरूले महत्वपूर्ण समयमा विकेट निकाल्दै युएईको लक्ष्य पछ्याउने अभियान रोकिदिए। नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट लिए। ललित राजवंशीले २ विकेट हात पार्दा सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, गुल्सन झा र वसिर अहमदले समान १ विकेट लिए।
नेपालले प्रतियोगिताको समूह चरणमा चार खेलमध्ये तीनमा जित निकालेको थियो। नेपालले बहराइन, मलेसिया र साउदी अरेबियालाई हराएको थियो भने हङकङसँग पराजित भएको थियो। तीन जितसहित समूह विजेता बनेर सेमिफाइनल पुगेको नेपालले ओमानलाई ८७ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। फाइनलमा युएईलाई समेत हराउँदै नेपालले एसीसी प्रिमियर कपको उपाधि आफ्नो नाममा गरेको हो।
यससँगै नेपालले एसिया कपमा दोस्रोपटक खेल्ने अवसर प्राप्त गरेको छ। नेपालले यसअघि सन् २०२३ मा पहिलोपटक एसिया कप खेलेको थियो। त्यतिबेला पनि घरेलु मैदानमा युएईलाई ७ विकेटले पराजित गर्दै नेपालले एसिया कपमा स्थान बनाएको थियो।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar