२७ भदाै, काठमाडाैं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सह-संयोजक माधवकुमार नेपालले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाएका छन्।
शनिबार वीरगन्जमा आयोजित पत्रकार भेटघाटमा नेपालले भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि बेपत्ताको खोजी तथा उद्धारमा ढिलाइ हुँदा थप जनधनको क्षति भएको दाबी गरे। विपद्का बेला भारत र चीनको सहयोग समयमै लिन नसक्नु सरकारको कमजोरी भएको उनको भनाइ छ। नेपालले देश विपत्तिमा रहेका बेला राहत, उद्धार र खोजी कार्यलाई प्रभावकारी बनाउनुपर्ने बताए। साथै संविधान, लोकतन्त्र, संघीयता र समावेशिताको रक्षा गर्न परिवर्तनकारी शक्तिहरूबीच कार्यगत एकता आवश्यक रहेको धारणा राखे। नेकपा (एमाले)सँग तत्काल पार्टी एकता सम्भव नरहेको स्पष्ट पार्दै उनले मुलुकको विकास र समृद्धिका लागि सबै कम्युनिष्ट शक्तिबीच सहकार्य आवश्यक रहेको बताए। नेपालले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने मागसमेत गरे।
कार्यक्रममा मधेस प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री कनिश पटेलसहित नेकपाका विभिन्न नेता तथा कार्यकर्ताको उपस्थिति थियो।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar