|  

इन्द्रजात्राका साइत सार्वजनिक, असोज ९ गते मुख्य जात्रा

२७ भदाै, काठमाडाैं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका विभिन्न साइत सार्वजनिक गरेको छ।

इन्द्रजात्राको प्रक्रिया भाद्र शुक्ल द्वितीयादेखि सुरु हुनेछ। समितिका अनुसार भदौ २८ गते बिहान ९:५३ बजे इन्द्रध्वजाको लिङ्गोका लागि वन यात्रा गर्ने साइत छ भने सोही दिन राति ८:४७ बजे रुख काटिनेछ। भक्तपुरको चित्तपोल वनबाट रुख ल्याउने परम्परा छ। लिङ्गो असोज ३ गते बिहान ८:०५ बजे नगर प्रवेश गराइनेछ भने असोज ७ गते बिहान ७:४७ बजे इन्द्रध्वजोत्थान गरिने समितिले जनाएको छ। इन्द्रजात्राको मुख्य दिन असोज ९ गते शुक्रबार तल्लो टोलमा रथयात्रा हुनेछ। असोज १० गते माथिल्लो टोल यात्रा गराइनेछ भने असोज १३ गते महिलाले मात्र रथ तान्ने नानीचा यात्रा हुनेछ।

असोज १३ गते राति ९:२५ बजे इन्द्रध्वजाको लिङ्गो ढालिएपछि कुमारी, गणेश र भैरवको दर्शन तथा प्रसाद ग्रहणसँगै १३ दिने इन्द्रजात्रा समापन हुनेछ।