|  

आज तीजको दर खाने दिन

२८ भदौ, काठमाडौं । हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली नारीले आज दर खाँदै छन् ।

दर खाएसँगै आजदेखि चारदिने तीज पर्व औपचारिक रूपमा सुरु हुँदै छ ।विशेष गरी नेपाली नारीले मनाउने तीजको पहिलो दिन अर्थात् भाद्र शुक्ल द्वितीयाका दिन आज दर खाने परम्परा छ । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने गर्छन् ।

दरका रूपमा विशेष गरी दूधबाट बनेका शुद्ध र आडिला परिकार खाइन्छ महिलाहरूले वर्षभरिका दुःख, पीर, मर्कालाई गीतका माध्यमबाट पोख्ने पर्वका रूपमा पनि तीजलाई लिइन्छ ।

जन्मघर छाडेर कर्मघरमा बस्दा पाएका दुःख र वेदना नारीले तीजका भाकामा सार्वजनिक गर्छन् ।