|  

प्रधानसेनापति सिग्देल चीन जाँदै

२८ भदौ, काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देल चीन भ्रमणमा जाने भएका छन् ।

जंगीअड्डा स्रोतका अनुसार प्रधानसेनापति सिग्देल एयर चाइनाको जहाजबाट आइतबार बिहान ११ बजे छेन्दु जाँदैछन्।

प्रधानसेनापति नियुक्त भएपछि सिग्देल पहिलो पटक चीन भ्रमण जान लागेका हुन् ।

सिग्देलको भ्रमणबारे नेपाल र चीन दुवै पक्षले औपचारिक घोषणा गरेका छैनन्।