|  

भोटेकोशी बाढीः एक हजार ३८४ श#व फेला

२८ भदौ, काठमाडौं ।  रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला परेको छ ।

सबैभन्दा बढी चितवनमा ३६४ जनाको शव भेटिएको छ । त्यस्तै नवलपरासी पूर्वमा २२९, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९९ र रसुवामा १८५ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

गोरखामा ७७, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव भेटिएको छ । फेला परेकामध्ये १ हजार २३० शवको पहिचान तथा प्रक्रिया पूरा गरी व्यवस्थापन गरिसकिएको छ ।

पहिचान नभएका शवहरूलाई डिएनए नमुना संकलन गरी सुरक्षित रूपमा माटोमुनि राखिएको छ ।