|  

जेलेन्स्की पुटिनसँग भेट्न तयार

२८ भदौ, काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटेर वार्ता गर्न आफू तयार रहेको बताएका छन् ।

डिसेम्बरमा अमेरिकाको मियामीमा हुने जी–२० सम्मेलनमा भेट सम्भव भए छलफल गर्न इच्छुक रहेको उनको भनाइ छ ।

क्रेमलिनले भने पुटिन सम्मेलनमा सहभागी हुने निर्णय नभएको र वार्ताका लागि जेलेन्स्की मस्को आउनुपर्ने अडान दोहोर्याएको छ।