|  

इन्डोनेसियाको २४० यात्रु सवार जहाज बेपत्ता

२८ भदौ, काठमाडौं ।  इन्डोनेसियामा २४० यात्रु सवार ‘भिर्गो ट्रान्सपोर्ट ८’ नामक यात्रुवाहक जहाज जाभा सागरमा सम्पर्कविहीन भएको छ।

पूर्वी जाभाको सुराबायाबाट बोर्नियो द्वीपस्थित दक्षिण कालीमन्तान प्रान्तको राजधानी बान्जारमासिनतर्फ जाँदै गरेको जहाजसँग यात्राका क्रममा सञ्चार सम्पर्क टुटेको हो।

बान्जारमासिन खोज तथा उद्धार कार्यालयका अनुसार जहाजको सञ्चारमा समस्या आएको जानकारी प्राप्त भएको थियो। प्रारम्भिक विवरणअनुसार जहाजको अन्तिम अवस्थिति बान्जारमासिनको एउटा घाटबाट करिब १४८ किलोमिटर टाढा जाभा सागरमा रहेको बताइएको छ।

जहाजको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायले आवश्यक प्रक्रिया अघि बढाएको जनाइएको छ।