२९ भदौ, काठमाडौं । हरितालिका तीज पर्वको अवसरमा पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।
पशुपतिनाथको दर्शन तथा पूजाआजाका लागि भक्तजन रातिदेखि नै मन्दिर परिसरमा पुग्न थालेका थिए । पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि आज ४ वटा दर्शन मार्गको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । तीजका अवसरमा आज बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारैढोका खोलिएको हो ।
हरितालिका पर्वका अवसरमा सोमबार पशुपतिनाथका साथै देशभरका शिवालयमा पूजा एवं दर्शन गर्न भक्तजनको लाम लाग्ने गर्छ ।
पहिलो लाम मित्रपार्क–उमाकुण्ड–दक्षिणामूर्ति–कैलाश बद्रीनरसिंहको भवन हुँदै वासुकीनाथको उत्तरतर्फको ढोकाबाट श्री पशुपतिनाथ मन्दिरको उत्तरतर्फको र्याम्पबाट आराध्यदेव भगवानको दर्शन गराई पश्चिम ढोकाबाट बाहिर निस्कने प्रबन्ध मिलाइएको छ ।
दोस्रो लाम जयवागेश्वरीबाट देब्रेतर्फको मार्ग दथुटोल, पाचा गणेश, अन्नपूर्णभण्डार, महास्नानघरअघिको १ नं ढोकाअघि राखिएको आकासे पुलबाट भुवनेश्वरी, नासलचोक हुँदै शङ्कराचार्य मठअघिको आकासेपुल प्रहरी पहरा गणको सानो ढोकाबाट दुई लाइन पशुपतिको पश्चिमतर्फ रहेको काठको र्याम्पबाट दर्शन गराई पश्चिम ढोकाबाट बाहिर निस्कने प्रबन्ध मिलाइएको छ ।
यसैगरी, तेस्रो लाम सिनामङ्गल, एयरपोर्टतर्फबाट आउने दर्शनार्थी भक्तजनका लागि तिलगङ्गा पर्यटन काउन्टरसँगै रहेको ढोका, राममन्दिर, वाग्मती किनारा हुँदै आर्यघाटको पुलबाट ब्रह्मनाल, पूर्वढोकामा राखिएको र्याम्पबाट पूर्व मुहारको दर्शन गराई सोही ढोकाबाट फर्कने प्रबन्ध मिलाइएको छ ।
पिङ्गलास्थानतर्फबाट पाल्नुहुने दर्शनार्थी भक्तजनका लागि पिङ्गलास्थानमा रहेको ढोका हुँदै चार शिवालय–पञ्चदेवल वृद्धाश्रम दक्षिणतर्फको ठूला ढोका अघि अस्थायी आकासे पुल हुँदै सानो ढोकाबाट चौँसट्ठी कोटीलिङ्गेश्वर हुँदै मन्दिरको दक्षिण मुहारको दर्शनपश्चात् उन्मत्त भैरव मन्दिरको पश्चिमतर्फबाट मूलभट्ट निवासअघिबाट फर्कने प्रबन्ध मिलाइएको छ।
यसअनुसारको दर्शन व्यवस्था मिलाउँदा मन्दिर बाहिर पाँच वटा लाइन रहने छन्। मन्दिर परिसर प्रवेश गरिसकेपछि आठ वटा लाइनमा विभाजन हुने पनि कोषले जनाएको छ। एकपटकमा ८ जना भक्तजनले दर्शन गर्नसक्ने गरी मूल मन्दिर परिसरमा व्यवस्था मिलाइएको छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar