|  

खाडी तनावले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उछाल

२९ भदौ, काठमाडौं । साउदी अरेबियामाथि हुथी विद्रोहीको नयाँ आक्रमण र खाडी क्षेत्रमा जहाजहरूमाथि भएका इरानी आक्रमणका कारण विश्वव्यापी ऊर्जा आपूर्तिमा गम्भीर संकट गहिरिएको छ।

यसैबीच, साउदीको मुख्य तेल पाइपलाइन बन्द भएको विषयले थप चिन्ता बढाएपछि सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य दुई प्रतिशतभन्दा बढीले उकालो लागेको छ।

बजार खुल्दा प्रारम्भिक चरणमा ३ प्रतिशतभन्दा बढीले बढेको ब्रेल क्रुडको भाउ पछि २.७७ प्रतिशत (२.९० डलर) ले बढेर प्रतिब्यारेल १०७.५१ डलर पुगेको छ भने डब्लूटीआई फ्युचर्स पनि २.२७ प्रतिशतले बढेर प्रतिब्यारेल १०२.३२ डलरमा पुगेको छ।