|  

बाढीको विनाशका कारण उल्लासको अवस्था छैन, संयमका साथ तीज मनाऔँः प्रचण्ड

२९ भदौ, काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएकाले यस वर्षको हरितालिका तीज संयम, संवेदना र सामाजिक उत्तरदायित्वका साथ मनाउन आग्रह गरेका छन् ।

तीजको शुभकामना सन्देश जारी गर्दै उनले विपत्तिका कारण विगतझैँ उल्लासका साथ पर्व मनाउने अवस्था नरहेको बताएका छन्।