|  

ओमान नजिकै व्यावसायिक जहाजमाथि हमला, १३ भारतीय नागरिकको उद्धार

२९ भदौ, काठमाडौं ।  ओमानको तट नजिक आइतबार व्यावसायिक जहाज एमटी एल गाइयामाथि हमला भएको छ ।

जहाजमा १४ जना भारतीय चालक दलका सदस्य सवार थिए। तीमध्ये १३ जना भारतीयलाई सुरक्षित उद्धार गरिएको छ ।

एक जना भारतीय अझै बेपत्ता छन् । विदेश मन्त्रालयले जहाजमाथि भएको हमलाको निन्दा गरेको छ।

मन्त्रालयले ओमानस्थित भारतीय दूतावासले घटनाक्रमलाई निरन्तर निगरानी गरिरहेको र बेपत्ता भारतीयको खोजी तथा उद्धार अभियानमा ओमानी अधिकारीहरूसँग समन्वय गरिरहेको जनाएको छ।