|  

जाजरकोटको बौलाहा खोलामा बाढीः केही घर / पसलमा क्षति, भेरी करिडोर अवरुद्ध

२९ भदौ, काठमाडौं ।  जाजरकोटको नलगाड नगरपालिका–१ र २ को बिचमा पर्ने बौलाहा खोलामा गएराति बाढी आएको छ ।

बाढीले खोला नजिकै रहेका केही घर–पसलमा क्षति गरेको छ । बाढीका कारण भेरी करिडोर अन्तर्गत जाजरकोट–डोल्पा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध छ ।

जाजरकोट, रुकुम पश्चिम र डोल्पालाई जोड्ने प्रमुख सडक अवरुद्ध हुँदा यात्रु तथा स्थानीय बासीन्दालाई समस्या भएको छ ।