|  

घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ? 

२९ भदौ, काठमाडौं ।  साताको कारोबारको दोस्रो दिन आज (सोमबार) सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा १ हजार २ सय रुपैयाँले घटेको हो ।

जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता आज चाँदी पनि तोलामा ४० रुपैयाँले घटेर प्रतितोला  ४ हजार ६६० रुपैयाँमा कारोबार भइरहेको छ ।