|  

रसुवा र नुवाकोटमा सय युनिटसम्म निशुल्क बिजुली दिने सरकारको तयारी

२९ भदौ, काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटमा सय युनिटसम्म निशुल्क विद्युत् उपलब्ध गराउने तयारी गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा एक सय युनिटसम्म विद्युत महशुल छुट गर्ने तयारी गरेको हो । 

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले बाढी प्रभावित क्षेत्रमा विद्युत् महसुल छुट दिनेगरी गृहकार्य गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् ।

मन्त्रीको सचिवालयकाअनुसार प्रभावित क्षेत्रका नागरिकलाई राहत हुनेगरी विद्युत् महसुलमा कति छुट दिन सकिन्छ, कति समयलाई छुट दिन सकिन्छ भनेर गृहकार्य गरी मोडालिटी सञ्चालक समिति बैठकमा पेस गर्न मन्त्री श्रेष्ठले निर्देशन दिएका हुन् ।