|  

बाढी प्रभावित क्षेत्रमा पुनर्निमाणका लागि बजेट अभाव हुन दिँदैनौंः प्रधानमन्त्री शाह

२९ भदौ, काठमाडौं ।  प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनर्निर्माणका लागि बजेटको अभाव हुन नदिने स्पष्ट पारेका छन् ।

सोमबार सिंहदरबारमा विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरुसँग छलफल गर्दै प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा राज्यका सबै निकाय क्रियाशील भएको उल्लेख गर्दै राहत तथा पुनर्निर्माणका लागि बजेटको अभाव हुन नदिने बताएका हुन् ।

त्यस्तै, उनले प्रभावित क्षेत्रमा बाढीपछिको अवस्था, अहिलेको परिस्थिति, अब चाल्नुपर्ने कदम र पुनरुत्थानलगायतका विषयमा जानकारी र सुझाव लिएका थिए ।