|  

राज्यमन्त्री चढ्ने गाडीलाई ट्राफिक प्रहरीले चिट काट्यो

२९ भदौ, काठमाडौं । सुदूरपश्चिमकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकी पौडेल कुँवर चढ्ने गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको छ ।

सार्वजनिक बिदामा पास नलिई गाडी चलाएको भेटिएपछि कैलीलीको धनगढीस्थित क्याम्पसचोकमा ट्राफिक प्रहरीले गाडी नियन्त्रणमा लिएर चालकलाई जरिबाना गरेको हो ।

आइतबार ट्राफिक प्रहरीले गाडी रोकेर कागजात माग्दा सो गाडीमा राज्यमन्त्री थिइनन् ।

चालकलाई पहिलो पटक ५ सय रुपैयाँ जरिबाना गरिएको छ । सार्वजनिक बिदाको दिनमा सरकारी गाडी प्रयोग गर्दा पास देखाउनुपर्ने प्रावधान लागू गरिएको छ ।