|  

सिंहदरबारभित्रैबाट पक्राउ परे किस्पाङ गाउँपालिकाका अध्यक्ष तामाङ 

२९ भदौ, काठमाडौं ।  नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन् ।

सोमबार सिंहदरबारभित्रैबाट उनी पक्राउ परेका हुन् । प्रधानमन्त्री बालेन शाहले बोलाएको छलफलमा सहभागी भएर निस्कने क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

आर्थिक लेखनदेनसम्बन्धी मुद्दा भएकाले उनलाई पक्राउ गरेको बताइएको छ । यसबारे थप विवरण भने प्राप्त हुन बाँकी छ ।