|  

असोज १५ सम्मको संसदीय क्यालेन्डरमा आएन प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम

 २९ भदौ, काठमाडौं । प्रतिनिधिसभाको आगामी असोज १५ गतेसम्मको बैठक क्यालेन्डर सार्वजनिक भएको छ।

क्यालेन्डरमा बैठक बस्ने मिति र सम्भावित कार्यसूची समावेश गरिए पनि प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम भने राखिएको छैन । क्यालेन्डरअनुसार भदौ ३० र ३१ तथा असोज १, ५, ६, ७, १३, १४ र १५ गते प्रतिनिधिसभा बैठक बस्नेछ ।

यस अवधिमा विभिन्न विधेयकलाई विषयगत समितिमा दफावार छलफलका लागि पठाउने तयारी गरिएको छ।यसअघि भदौ १० गते प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्ने तय भएको थियो ।

तर सोही दिन रसुवाको भोटेकोशीमा विनाशकारी बाढी गएपछिको अवस्थामा त्यसदिनको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम प्रभावित भएको थियो । त्यसयता फेरि प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम कहिले सञ्चालन गर्ने भनेर तय भएको छैन ।