|  

हामी एकतामा जान चाहन्छौँ, समूह चोइटिँदै गए केही गर्न सकिँदैनःशशांक कोइराला

२९ भदौ, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहका नेता शशांक कोइरालाले आफूहरू पार्टी एकताको पक्षमा रहेको बताएका छन् ।

सोमबार चुनदेवीमा आयोजित इतर समूहको पत्रकार सम्मेलनमा उनले कांग्रेस चोइटिँदै जाँदा केही गर्न नसकिने भएकाले १५ औँ महाधिवेशन एकताको हुनुपर्ने बताए ।

‘हामी एकतामा जान चाहन्छौँ, समूह चोइटिँदै गए केही गर्न सकिँदैन, १५ औँ महाधिवेशन एकताको हुनुपर्छ,’उनले भने ।