|  

रुस–युक्रेन युद्ध रोक्न पुटिनसँग मोदी र सीको प्रस्ताव

३० भदौ, काठमाडौं ।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेनमा जारी युद्ध अन्त्य गर्न सहयोग गर्न आफूहरू तयार रहेको बताएका छन् ।

रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले मोदी र सी रुस–युक्रेन युद्ध रोक्न सहयोग गर्न तयार रहेको पुटिनसँग प्रस्ताव गरेको सोमबार जनाएको छ ।

पुटिनले यस प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया दिएको क्रेमलिनले बताएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले नयाँ दिल्लीमा आयोजित ब्रिक्स शिखर सम्मेलनका क्रममा यो छलफल भएको जानकारी दिए ।