|  

ऋषि पञ्चमीको अवसरमा काठमाडौँको टेकुस्थित ऋषेश्वर मन्दिरमा व्रतालुको घुइँचो

३० भदौ, काठमाडौं । ऋषि पञ्चमीको अवसरमा काठमाडौँको टेकुस्थित ऋषेश्वर मन्दिरमा बिहानैदेखि व्रतालु तथा भक्तजनको भीड लागेको छ।

काठमाडौँ उपत्यकाका पुराना धार्मिकस्थलमध्ये एक मानिने ऋषेश्वर मन्दिरमा भाद्र शुक्ल पञ्चमीका दिन परम्परादेखि नै भक्तजनको घुइँचो लाग्ने गरेको छ।