|  

घट्यो सुनचाँदीको मूल्य

३० भदौ, काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज (मंगलबार) सुनचाँदीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सन तोलामा ९ सय रुपैयाँले घटेको हो ।

जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला  ३ लाख १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदीको भाउ अघिल्लो दिन ४ हजार ६२० रुपैयाँ रहेकोमा आज ४ हजार ६०० रुपैयाँमा झरेको छ ।